Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

समाजको विशिष्ट बनावट र चरित्रको पार्टी बनाउन सकिनँ भन्दै सन्तोष परियारले छोडे रास्वपा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २८ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेको बताएका छन्। निवर्तमान सांसदसमेत रहेका उनले पार्टी छोडेको जानकारी दिए।

विघटित प्रतिनिधिसभामा पार्टीको तर्फबाट प्रमुख सचेतक रहेका समानुपातिकतर्फका सांसद उनले नयाँ अभियान सञ्चालन गर्ने भन्दै रास्वपा छोडेको बताए ।

यस्तै परियारले पार्टीलाई नेपाली समाजको विशिष्ट बनावट र चरित्रअनुसारको पार्टी बनाउन नसकेकोमा आफू दुस्खी रहेको बताएका छन्।

उनले बुझाएको राजीनामा पत्रमा भनिएको छ, निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु। नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दुस्खी छु।


प्रतिकृया दिनुहोस्