Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

२१ फागुनमा हुने निर्वाचनको लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २८ गते


Advertisement

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगले आज सूचना जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आगामी मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो।

आयोगले आज दुवै निर्वाचनका लागि फरक-फरक सूचना जारी गर्दै दल दर्ताको लागि राजनीतिक दललाई आह्वान गरेको हो।

आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ।

फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन्। सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।


प्रतिकृया दिनुहोस्