Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अब मंसिर २७ गते विशेष महाधिवेशन हुन्छ,कांग्रेस नयाँ भएर आउँछ : गगन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २७ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर २७ गते पार्टीको विशेष महाधिवेशन गर्नका लागि प्रस्ताव गरेका छन्

आज पार्टी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यो मिति प्रस्ताव गरेका हुन् ।

बैठकमा नियमित महाधिवेशनको अध्याय सकिएको जिकिर गर्दै उनले मंसिर २७ गते विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।

‘मैले नियमित अधिवेशन गर्न सकिन्छ भने तपाईंहरू सबैले सदस्यताका कारण देखाएर पन्छिनुभयो,’ उनले भने, ‘त्यसैले अब नियमित अधिवेशनको अध्याय बन्द भयो । अब मंसिर २७ गते विशेष अधिवेशन हुन्छ ।’

साथै, उनले अधिवेशनबाट पार्टी नया भएर अघि बढ्ने र नयाँ पुस्ताको मागअनुसार पार्टीलाई बदल्ने पनि बताए ।

‘नेपाली कांग्रेस नयाँ भएर आउँछ । नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्छ,’ उनले भने, ‘अधिवेशन नगरी जानु भनेको गल्ती कमजोरी अस्वीकार गर्दै जनादेश माग्न जानु हो ।’

यस्तो अवस्थामा जनताले साथ नदिने उनको भनाइ थियो ।

‘कांग्रेसको चरित्र अन्य पार्टीजस्तो उत्तेजना फैलाउने होइन, सम्हाल्ने हो,’ उनले भने ।

भदौ २३ को घटना हुँदा कांग्रेस पनि सरकारमा रहेको स्मरण गर्दै उनले आफ्नो भागमा परेको जिम्मा लिने बताए


प्रतिकृया दिनुहोस्