Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

महेश बस्नेतको गर्जन : एमाले सिंह हो, कसैको प्रतिस्पर्धा छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २७ गते


Advertisement

दाङ। नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य महेश बस्नेतले कुनै पनि दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन्।

नेपाली कम्युनिस्ट राजनीतिमा एमाले सिंहको रूपमा स्थापित भएको उनको दावी छ।

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशले बिहीबार दाङको तुलसीपुरमा आयोजना गरेको प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्दै बस्नेतले एमालेको इतिहास, संगठन र जनसमर्थनका आधारमा अन्य कुनै दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने ठोकुवा गरे।

‘एउटै घाटमा स्याल, कुकुर, बिरालो सबै पानी खान आइरहेका छन् भने के बुझ्नुपर्छ भने माथिल्लो घाटमा सिंह एक्लै पानी खाइरहेको छ र त्यहाँ कसैले पानी खान हिम्मत गरिरहेको छैन,’ उनले भने, ‘त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनको सिंह नेकपा एमाले हो।’

बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति राज्य संयन्त्र प्रयोग गरी गरिएको व्यवहारप्रति असन्तोष व्यक्त गरे। उनले एमालेका कुनै नेतामाथि बयानका नाममा दुस्ख दिने काम भए एक लाख युवाले सिंहदरबार घेराउ गर्ने चेतावनी दिए


प्रतिकृया दिनुहोस्