Skip

Hamro Sanchar

नेपाली सेनाले १३५ थान हतिहार बरामद गर्‍यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २७ गते


Advertisement

काठमाडौं । नेपाली सेनासहितका सुरक्षाकर्मीले विभिन्न स्थानबाट अहिलेसम्म १३५ थान हतियार बरामद गरेको छ।

गएको बुधबार भएको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार सेनाले बरामद गरेको हो।

त्यसैगरि झापाको भद्रपुर नगरपालिका(८ स्थित हस्पिटल चोकमा फेला परेको शंकास्पद बस्तुलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरको छ।

काठमाडौँको महाराजगञ्ज इलाकाबाट विभिन्न मोवाइल तथा विदेशी मुद्रासहित दुई जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ।

त्यस्तै धादिङको गजुरीमा रहेको धादिङ कारागारबाट भागेका कैदीमध्ये ४३ जनालाई सेनाले नियन्त्रणमा लिएको छ ।


प्रतिकृया दिनुहोस्