Skip

Hamro Sanchar

नख्खु कारागारबाट भागेका पूर्व राज्यमन्त्री सञ्जय टकला पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २६ गते


काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट भागेका पूर्व राज्यमन्त्री सञ्जय टकला ९साह० काभ्रेको मंगलटारमा पक्राउ परेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय मंगलटारका इन्चार्ज ईश्वर कार्की नेतृत्वको टोलीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

जनकपुर बम काण्डमा दोषी ठहर भएका टकलामाथि संचार उद्यामी अरुण सिंहानियाको हत्या र अकुत सम्पत्तिको मुद्दा पनि छ ।

उनीसँगै नख्खु कारागारबाट भागेका १७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्