
काठमाडौं, भदौ २५- जेनजेड पुस्ताद्वारा आयोजना गरिएको विरोध प्रदर्शनका क्रममा भएको धनजनको क्षेती प्रति कागेश्वोरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले दु:ख व्यक्त गरेका छन् । बुधबार सामाजिक संजाल मार्फत जेनजेड पुस्ताले गरेको आन्दोलन, तोडफोड तथा आगजनीको घटनाबाट देशमा ठुलो धनजनको क्षेती भएको भन्दै दु:ख व्यक्त गरेका हुन् ।
नगर प्रमुख कार्कीले नगरवासी आमाबुवा, दाजुभाई र दिदीबहिनिहरूमा संयमता, शान्ति र मुलुकमा विद्धयमान समस्याको लोकतान्त्रिक पद्धतिको मुल्य र मान्यता अनुरूप दिगो समाधानको लागि आ-आफ्नो ठाँउबाट योगदान गर्न साथै राजनीतिक र सामाजिक सद्भाव कायम राख्न अनुरोध अपिल समेत गरेका छन् ।
उनले जेनजेड पुस्ताले भदौ २४ गते आन्दोलनका क्रममा नगर क्षेत्र भित्रका विभिन्न सरकारी भावनाहरुमा गरिएको आगजनी र तोडफोडबाट क्षेती पुगेका संरचनाहरुको तस्वीर पोस्ट गर्दै लेखेका छन्, “Gen z पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद घटना भएकोप्रति गहिरो दुःख व्यक्त गर्दछु। धेरै युवाहरु र केहि सुरक्षाकर्मिहरुले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैकालागि अत्यन्त दुखदायी छ, मृतकहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।सबै नगरबासी आमाबुवा, दाजुभाई र दिदीबहिनिहरूमा संयमता, शान्ति र मुलुकमा विद्धयमान समस्याको लोकतान्त्रिक पद्धतिको मुल्य र मान्यता अनुरूप दिगो समाधानकोलागि आ-आफ्नो ठाँउबाट योगदान गर्न साथै राजनीतिक र सामाजिक सद्भाव कायम राख्न अनुरोध गर्दछु !
कागेश्वरी मनोहरा नगरपलिकाका सम्पुर्ण नगरबासी आमाबुबा, दाजुभाई तथा दिदीबहिनिहरूलाई धैर्य, संयमता र आपसी एकताका साथ ध्वंस भयका संरचनाहरूको पुनर्निर्माण र नगरको समग्र विकासमा जुट्न हार्दिक अपिल गर्दछु ! जय नेपाल !”














