Skip

Hamro Sanchar

आन्दोलनकारीले जलाएको घरमा महिलाको शव भेटियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २५ गते


काठमाडौं । पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ ।

मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवासयी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाइदिएका थिए ।

आगजनी भएको घरको गाडी सोरुममा जलेको अवस्थामा महिलाको शव फेला परेको हो । उनी यही घरमा काम गर्ने महिला रहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्