Skip

Hamro Sanchar

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २२ गते


काठमाडौं ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।

बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बिहान ९ बजे बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक उपनिर्वाचनको उम्मेदवार छनोट केन्द्रित हुने बताइएको छ।

कात्तिक १७ गते प्रतिनिधि सभा सदस्य चयनका लागि रुपन्देही-३ र प्रदेश सभा सदस्य चुन्न मनाङ ख मा उपनिर्वाचन हुँदै छन्।

रुपन्देही-३ मा यसअघि राप्रपाबाट निर्वाचित दीपक बोहोराको निधन र मनाङ खबाट निर्वाचित प्रदेश सांसद राजीव गुरुङ भनिने दीपक मनाङे कारागार चलान भएपछि यी स्थान रिक्त छन्।

त्यसमा पदपुर्तिका लागि उपनिर्वाचन गर्न लागिएको हो।


प्रतिकृया दिनुहोस्