Skip

Hamro Sanchar

संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसका खतिवडा निर्विरोध चयन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २० गते


काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरी खतिवडा निर्विरोध चयन भएका छन् ।

समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा आज बसेको बैठमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो ।

समितिकी यसअघिकी सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको एकल उम्मेदवारी परेको थियो ।

बैठकमा सांसद श्यामकुमार घिमिरेले खतिवडालाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रश्तावलाई नेकपा (एमाले)का सांसद महेश बर्तौलाले समर्थन जनाए ।

खतिवडा यसअघि राज्य व्यवस्था समितिको सभापति थिए ।

 


प्रतिकृया दिनुहोस्