Skip

Hamro Sanchar

हाम्रो पात्रो सञ्चार मन्त्रालयमा सूचीकृत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २० गते


 

काठमाडौं । सामाजिक सञ्जालहरूको सूचीमा हाम्रो पात्रो सूचीकृत भएको छ ।

सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा शुक्रबार हाम्रो पात्रोले आफ्नो एप्स सूचीकृत गरेको हो । मन्त्रालय स्रोतले हाम्रो पात्रो सूचीकृत भएको अनलाइखबरलाई जानकारी दिएको छ ।

हिजोमात्रै सरकारले विभिन्न २६ वटा सामाजिक सञ्जालहरू सूचीकृत नभएको भन्दै बन्द गर्ने निर्णय गरेको थियो ।

धेरै प्रयोगमा आउने फेसबुक भने हिजोबाटै केही इन्टरनेट सेवा प्रदायकहरूले चल्न रोक लगाएका थिए ।

सरकारको यो निर्णयको धेरैले विरोध गरिरहेका छन् भने केहीले स्वागत पनि गरेका छन् ।


प्रतिकृया दिनुहोस्