Skip

Hamro Sanchar

सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक : शेखर कोइराला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १९ गते


काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता डा। शेखर कोइरालाले सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक भएको बताएका छन् ।

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आपत्ति जनाएका हुन् ।

नेता कोइरालाले जनचाहना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्न लागेको आरोपसमेत लगाए।

उनले लेखेका छन्, ‘जनचाहाना र आफ्नै प्रतिवद्धता अनुरुप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ ।’

सरकारको यो निर्णयले नेपालीको रोजिरोटी समेत खोसिन भन्‍दै सरकारलाई प्रश्‍न गरेका छन् ।

‘यस निर्णयका कारण कति नेपालीको रोजिरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ रु’ कोइरालाले प्रश्‍न गरे ।

उनले सरकारको उक्त निर्णय तुरून्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्