Skip

Hamro Sanchar

ज्ञानेन्द्र शाही भन्छन् : सामाजिक सञ्जाल बन्द गर्ने निर्णय निरंकुशताको पराकाष्ठा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १९ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई निरंकुशताको पराकाष्ठा भएको आरोप लगाएका छन्।

सरकारको यो कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार र सरकारको कमजोरीको रूपमा व्याख्या गर्दै उनले सरकार आफ्ना आलोचना सुन्न डराएको दाबी गरे।

सरकारले नागरिकको आवाजलाई दबाउन खोजेको र यसले सरकारविरुद्ध जनआक्रोश बढ्ने विश्लेषण शाहीको छ।


प्रतिकृया दिनुहोस्