Skip

Hamro Sanchar

शंकर पोख्रेल लेख्छन्  : सामाजिक सञ्जाल नखुल्दासम्म खल्बलिएका सामाजिक परम्परा पुनर्स्थापनाको कोसिस गरौं

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, १९ गते


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म खल्बलिएका सामाजिक परम्पराहरू पुनर्स्थापनाको कोसिस गर्न आह्वान गरेका छन् । यसो गरे सुखद् अनुभूति हुने उनको भनाइ छ ।

सरकारले सूचीकरण प्रक्रियामा आउन आह्वान गर्दा पनि अटेर गरेका सामाजिक सञ्जालहरुलाई आजदेखि क्रमशस् निष्कृय पार्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रवीन्द्रप्रसाद पौडेलले सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सन्जालहरु अब क्रमशस् निष्कृय बनाउनेबारे आज निर्णय हुने बताएका छन् ।

सरकारले फेसबुक, युट्युबसहितका सामाजिक सञ्जालहरुलाई सूचीकरणमा आउन यही भदौ ९ गतेदेखि एक साताको समय दिएको थियो । सो समय अवधि बुधबार मध्यरातिबाट सकिएको छ । त्यसैले आज सञ्चार मन्त्रीस्तरबाट निष्कृय बनाउनेबारे निर्णय हुने सञ्चार मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

सोही सन्दर्भमा पूर्व सञ्चारमन्त्री समेत रहेका एमाले महासचिव पोख्रेलले सामाजिक सन्जाल बन्द हुने संकेत गर्दै फेसबुकमा लेखेका छन्, ‘सामाजिक सञ्जाल बन्द भइ नखुल्दासम्म त्यसले खल्बल्याइदिएका असल सामाजिक परम्पराहरु पुनर्स्थापित गर्ने कोसिस गरौं । सुखद अनुभूति हुनेछ ।


प्रतिकृया दिनुहोस्