Skip

Hamro Sanchar

मुख्यमन्त्री लामालाई बानियाँको आग्रह : राजीनामा दिएर मार्गप्रशस्त गर्नु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १६ गते


हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।

केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित भएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न सुझाएका हुन् ।

‘उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्छ ‘, उनले भने ।

आफ्नो र मुख्यमन्त्री लामाबीच मनमुटाव नरहेको बानियाँको प्रष्टोक्ति थियो ।


प्रतिकृया दिनुहोस्