Skip

Hamro Sanchar

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २७ गते


काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक एक मिनेटमै सकिएको छ ।

शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै महानगरका मेयर बालेन शाहले आज २४ वटा एजेन्डा रहे पनि एउटामात्र प्रस्ताव राख्ने बताएका थिए ।

बालेनले असार २९ गते दिउँसो २ बजे नगरसभा बैठक बोलाउने प्रस्ताव राखे । उपस्थित कार्यपालिका सदस्यहरूले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो ।

लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरे


प्रतिकृया दिनुहोस्