Skip

Hamro Sanchar

एसपीलाई गाली गरेको आरोपमा जसपाका नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २० गते


काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०, नेपाल मधेसका अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि गालीगलौज गरेको आरोप लागेका यादवलाई पक्राउका लागि सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

एसपी खड्का र यादवबीच भएको विवाद सामाजिक सञ्जालमा भाइरल भएको छ । अडियोमा अध्यक्ष यादवले एसपी खड्कालाई ‘लुटेरा’ भनेका छन् ।

एसपी खड्काले पनि ‘कसलाई गाली गरेको’ भन्दै प्रश्न गरेको अडियोमा सुनिन्छ ।


प्रतिकृया दिनुहोस्