Skip

Hamro Sanchar

एमालेले बोलायो केन्द्रीय समिति बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, ११ गते


काठमाडौँ । नेकपा एमालेले आगामी साउन ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी साउन ५ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठकले दोस्रो विधान महाधिवेशन आगामी भदौ २० गते ललितपुरस्थित सनराइज हलमा बस्ने निर्णय पनि गरेको छ । त्यसैगरी विधान महाधिवेशनमा तीन वटा दस्ताबेज पेस गर्ने एमालेले निर्णय गरेको छ ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शङ्कर पोखरेलले सङ्गठनात्मक प्रस्ताव तयार गर्नेछन् । ती प्रस्तावहरू विधान महाधिवेशनमा प्रस्तुत हुनेछन् । विधान महाधिवेशनको बाँकी काम केन्द्रीय कार्यालयले गर्नेछ ।

साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकअघि साउन २ गते पोलिटब्युरो बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकले पारित गरेको विधान संशोधन प्रस्ताव सुझावका लागि तल्ला कमिटीमा लैजानेछ ।


प्रतिकृया दिनुहोस्