Skip

Hamro Sanchar

राप्रपाले भन्यो : तीनकुने घटनाको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २८ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएको छ ।

प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले तीनकुनेको घटना सरकारले नै नियोजित रुपमा गराएको आरोप लगाए ।

‘उत्तेजित गराउने काम सरकारले गर्यो । हाम्रो बुझाइ– त्यो घटना नियोजित रुपमा गरेको छ,’ सांसद प्रधानले भने, ‘मैले आरोप लगाएँ– प्रधानमन्त्री चुक्नुभएको छ । उक्साहटको काम उहाँले गर्नुभएको छ ।’

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजवादीको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको थियो भने तोडफोड र आगजनीबाट निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो ।

सोही दिन प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधरहरुले गरेको प्रदर्शन सभ्य थियो । राजावादीहरुले गरेको प्रदर्शन भने तनावपूर्ण भएको थियो ।

राप्रपा सांसद प्रधानले प्रहरीले तीनकुनेको मञ्चमा टियर ग्यास हानेर प्रदर्शनकारीलाई उत्तेजित बनाएको र अप्रिय घटना भएको जिकिर गरेका छन् ।
पृष्ठभूमि ख्याल नगरी घटनाको वास्तविकता बुझ्न नसकिने उल्लेख गर्दै उनले थपे, ‘राष्ट्रियगान बज्दै गर्दा टियर ग्यास हानिएको छ । अन्तिमसम्म ७र८ सय टियर ग्यास हानियो । यसले देखाउँछ– उत्तेजित गराउने काम सरकारले नै गर्‍यो ।’

उनले थपे, ‘त्यो दिन चेन अफ कमान्ड ब्रेक भएको छ । नेतृत्वको हिसाबले प्रधानमन्त्रीले सम्पूर्ण जिम्मेवारी लिनुपर्छ ।’

तीनकुने घटनाको निश्पक्ष छानबिन गरेर सही निचोडमा पुग्न न्यायीक आयोग गठन गर्नुपर्ने उनले बताए । आफूहरुले सरकार र प्रधानमन्त्रीलाई जिम्मेवार देखेको तर सरकारले अस्विकार गरिरहेको अवस्थामा न्यायीक आयोग बनाइनु उपयुक्त हुने उनको राय छ ।


प्रतिकृया दिनुहोस्