Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अवैध रूपमा अमेरिका गएका ८ जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याईदियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २१ गते


Advertisement

काठमाडौं । अवैध रूपमा अमेरिका गएका आठजना नेपाली आज चार्टर विमानमार्फत काठमाडौँ आइपुगेका छन्।

अध्यागमन विभागकाअनुसार आठ जना नेपाली लिएर अमेरिकी चार्टर विमान आज बिहान ९ बजेर ५३ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरण भएको हो।

त्रिभुवन विमानस्थल कार्यालयका प्रवक्ता जनगन्नाथ निरौलाले अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाज गल्फजेटस्ट्रिम काठमाडौँमा अवतरण भएको जानकारी दिए।

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि अवैध रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीलाई अमेरिकी प्रशासनले देश निकाला गरिरहेको छ। ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपाली अमेरिकाबाट निकालिएका छन्। ट्रमको दोस्रो कार्यकाल सुरु भएपछि ३५ जना नेपाली अमेरिकाबाट ‘डिपोर्ट’ भएका छन्।

उक्त विमानमा आठ नेपालीसँगै केही अल्बानियाका नागरिक पनि आएका अध्यागमन कार्यालयले जनाएको छ। उनीहरुलाई तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेपछि उक्त विमान काठमाडौँ आएको हो।

जनवरीमा ६ जना, फेब्रुअरीमा २० जना र मार्चमा १ नेपाली अमेरिकाबाट निकाला भएका थिए। यस अवधिमा तीन नेपालीलाई पानामा ‘डिपोर्ट’ गरिएको अमेरिकी प्रशासनले जनाएको छ

 


प्रतिकृया दिनुहोस्