Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

म सरकारमा हुँदा एक सय एक ऐतिहासिक काम भएका छन् : प्रधानमन्त्री ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २० गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताएका छन्।

आज ट्रेड युनियन आन्दोलनको ७८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो ठाउँबाट सकेको काम गरेर सघाउन सके देश बन्न समय नलाग्ने बताएका हुन्।

राम्रो काम गर्नेहरुलाई जसरी पनि विरोध गरेर राम्रो काम गर्न नदिने परिपाटी हुनु दुःखद् भएको टिप्पणी गरेका छन् ।

सरकारतिर मात्रै हेर्ने होइन, हामी हरेकले जुन ठाउँमा उभिएर जे काम गर्नसक्छौँ त्यो गर्नुपर्छ देश बनाउनका लागि, उनले भने।

ओलीले राम्रो काम गर्नेहरूलाई झुटो आरोप लगाउने, काम गर्न नदिने परिपाटी विकसित भइरहको बताए। यसअघि प्रधानमन्त्री बन्दा पनि आफूले एक सय एक ऐतिहासिक कामहरु गरेको ओलीको दाबी छ।

प्रधानमन्त्री ओलीले अहिले पनि न्यूनतम ज्यालाका लागि लड्नुपर्ने अवस्था रहेको भन्दै कतिपय गैरसकारी अस्पतालहरुमा नर्सहरुले न्युनतम पारिश्रमीक नपाएको गुनासो सुनेको बताए।

उहाँले न्युनतम पारिश्रमिकभन्दा तलको पारिश्रमीक दिएर काममा लगाउन नपाइने र लगाएको पाए कारबाही गर्ने चेतावनी दिएका छन् ।


प्रतिकृया दिनुहोस्