Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मोरङमा महिला र पुरुष एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २० गते


Advertisement

मोरङ । मोरङको मौलिबारीमा महिला र पुरुष मृत फेला परेका छन्।

पथरीशनिश्चरे नगरपालिका ५ स्थित मौलिबारीमा छुट्टा छुट्टै परिवारका महिला र पुरुष मृत फेला परेको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमोरियाले जानकारी दिए।

२२ वर्षका अजय टुडू र मोरङकै कटहरी माइती भएकी झापाको गौरीगन्जकी जुबामुनी हस्दा मृत भेटिएको वडा अध्यक्ष चेजेन्द्र खड्काले जानकारी दिए।

घटना भएको करिब १ किलोमिटर दक्षिणमा अजयको घर छ। मृत फेला परेकी जुबामुनी र पति कान्छा टुडूका डेढ वर्षका छोरा छन्।

अजयका २ र ४ वर्षका दुई छोरा छन्। अजयले जुबामुनीलाई गत आइतबार राति आफ्नै घर लिएर आएको खुलेको छ।

अजयको घरमा खाना खाएर राति नै उनीहरु निस्किएका थिए। यसअघि पनि उनीहरुको आउजाउ हुने गरेको पाइएको छ।

मंगलबार राति २ बजे पुरुष घरबाट हिँडेको जानकारी आएको र उनी महिलासँग एउटै रुखमा झुण्डिएको अवस्थामा भेटेको खड्काले बताए।

दुवै विवाहित रहेको र दुवैका सन्तान समेत रहेको खड्काले बताए। महिलाका श्रीमान वैदेशिक रोजगारीमा रहेको पनि खड्काले बताए। अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।


प्रतिकृया दिनुहोस्