Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

टीकाथलीमा पानीको लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्कियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २० गते


Advertisement

काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्किएको छ।

बोरिङको लागि पाइप गाडेको ठाउँमा आगोको ज्वाला दन्किएपछि निभाउने प्रयास भइरहेको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

पानी छ्यापेर आगो निभाउने प्रयास भए पनि आगो निभेको छैन। पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङ गर्ने काम पनि रोकिएको छ।

करिब ९ सय फिट ९तीनसय मिटर० खनिसकेपछि आगोको ज्वाला निस्किएको हो। भूमिगत ग्यासको कारण त्यहाँ आगोको ज्वाला निस्किएको अनुमान गरिएको छ।

घटनास्थलमा अहिले ललितपुर महानगरको टोली र प्रहरीको टोली पुगेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नरहरी रेग्मीले जानकारी दिए।

आगाको ज्वाला निस्किएको ठाउँ भन्दा स्थानीयका घर केही पर भएकाले खतरा नरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्