Skip

Hamro Sanchar

दुई छोरासहित आमा मृत फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २४ गते


नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा आमा र दुई जना छोरा मृत भेटिएका छन् ।

हिजो २४ वर्षीया चन्दीमाया तामाङ तथा पाँच वर्षीय छोरा रोशन र तीन वर्षीय छोरा रोमन झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

घरको भित्रबाट आग्लो लगाएको पाइएको छ । घटनाबारे अनुसन्धन गर्न जिल्लाबाट प्रहरी प्रमुखसहितको टोली गएको छ । चन्दीमायाका श्रीमान् रेसबहादुर घरमाथि रहेको बारीमा केराउ टिप्न गएको समयमा घटना भएको स्थानीयबासिन्दाले बताएका छन् ।


प्रतिकृया दिनुहोस्