Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गगन थापा भन्छन् : सहकारी ठगी होस् कि मानव तस्करी, गल्ती गर्नेले सजाय भोग्नुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २४ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन विपरीत काम गर्ने जोसुकै पनि अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् ।

शनिबार फेसबुकमा एक स्टाटस लेख्दै उनले सहकारी प्रकरण होस् कि मानव तस्करी यस्ता प्रकरणमा सत्ताको नजिकको होस् कि टाढा जो भए पनि अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

‘सहकारी प्रकरण होस् कि जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् कि टाढाको होस्, नयाँ होस् कि पुरानो होस्, भिडको होस् कि टाकुराको होस्, एक्लो होस् कि शक्तिशाली होस् कानुन सबैको लागि बराबर हुनुपर्छ’, उनले भने ।

महामन्त्री थापाले गल्ती गर्नेले सजाय भोग्नुपर्ने भन्दै कुनै कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढंगले हेर्न नमिल्ने बताए ।

‘यो विचार, आवद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो। म यो मान्यतामा अटल विश्वास गर्छु। त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन’, उनले भनेका छन् ।

सहकारी ठगी प्रकरणमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने २ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

यसै हप्ता नेकपा एमालेका नेता तथा कोशी सरकारका तत्कालिन आन्तरिक मामिलामन्त्री लीलाबल्लभ अधिकारी पनि मानव तस्करी प्रकरणमा जोडिएको बेला थापाले यस्तो धारण सार्वजनिक गरेका हुन् ।


प्रतिकृया दिनुहोस्