Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुर्खेत–दैलेख सिमानामा गाडी दुर्घटना : ४ जनाको मृत्यु, २५ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २३ गते


Advertisement

सुर्खेत । सुर्खेत–दैलेख सिमास्थित वीरेन्द्रनगर नगरपालिका–१४, को रातानाङ्ग्ला नजिक भएको फोर्स गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ।

आज दिउँसो साढे २ बजेको समयमा दैलेख बजारबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको गुराँस गाउँपालिकाका वडा नं ८ का वडाध्यक्ष दिपेन्द्र वलीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परी २५ जना घाइते भएका छन्। घाइतेको उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ।

२९ जना सवार उक्त गाडी सडकभन्दा झण्डै २ सय मिटर तल खसेको छ ।


प्रतिकृया दिनुहोस्