Hamro Sanchar

प्रधानमन्त्री ओलीको चीन भ्रमणको संयोजन परराष्ट्रमन्त्री राणाले गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २१ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको संयोजन परराष्ट्रमन्त्री आरजु राणाले गर्ने भएकी छन् ।

प्रधानमन्त्री र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्रीले भ्रमणको संयोजन गर्ने भएकी हुन् ।

दुई नेताको निर्देशनअनुरुप बनेको दुई दलीय संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजीकरण गर्ने निर्णय गरेको सचिव केशवराज जोशीले बताए ।

चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।

बैठकले कार्यदलको संयोजन आलोपालो गर्ने निर्णयसमेत गरेको छ जसअनुसार पहिलो एक महिना कार्तिक २१ देखि मंसिर २० सम्म नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्नेछन् ।


प्रतिकृया दिनुहोस्