Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सांस्कृतिक ऐक्यबद्धता नेपालीहरूको मौलिक पहिचान : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १६ गते


Advertisement

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरूको संरक्षण र विकास मुलुकको समृद्धिका आधार भएको बताएका छन् ।

यस वर्षको तिहार, नेपाल संवत् ११४५, छठ, फाल्गुनानन्द जयन्ती, गुरु नानक जयन्ती लगायतका धार्मिक सांस्कृतिक चाडपर्वहरूको अवसरमा शुभकामना व्यक्त गर्दै प्रचण्डले विविधतायुक्त सांस्कृतिक एक्येबद्धता हामी नेपालीहरूको मौलिक पहिचान भएको पनि बताएका छन् ।

शुक्रबार शुभकामना सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यो वर्ष बाढी पहिरोका कारण मुलुकले ठुलो जनधनको क्षति बेहोर्नुपरे पनि संकटको अवस्थाबाट सम्हालिँदै सबै नेपालीहरूले आफ्नो सांस्कृतिक पर्व मनाउने अवसरको सिर्जना हुनुपर्ने बताएका छन् ।

‘यी चाडपर्वहरूले नेपाली जनताका बीचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्‍याउँदै आएका छन्’, प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘विविधतायुक्त सांस्कृतिक ऐक्यबद्धता हामी नेपालीहरूको मौलिक पहिचान हो । सबै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरूको संरक्षण र विकास मुलुकको समृद्धिका आधार हुन् ।


प्रतिकृया दिनुहोस्