Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ८ गते


Advertisement

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

गत शुक्रबार ९कात्तिक २० पक्राउ परेलगत्तै पोखरा लगिएका रविलाई आइतबार म्याद थपका लागि पुनः अदालतमा पेस गरिएको थियो।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएका छन् ।

जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न गत आइतबार अनुमति दिएको थियो।

 


प्रतिकृया दिनुहोस्