Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विपक्षी दलका नेताहरुले आज राष्ट्रपति पौडेललाई भेट्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ७ गते


Advertisement

काठमाडौं । विपक्षी दलका नेताहरु आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन्।

आज ४ बजे विपक्षी दलका नेताहरू राष्ट्रपतिलाई भेट्न जान लागेका हुन्।

सरकारले जनअपेक्षीत काम गर्न नसकेको भन्दै ज्ञापनपत्र बुझाएका विपक्षी दलहरुले आज राष्ट्रपतिलाई भेट्न लागेका छन्।

प्रधानमन्त्री ओलीले साना दल फुटाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहेको बेलामा त्यसलाई रोक्न राष्ट्रपतिलाई आग्रह गर्न लागेको बताइन्छ।

यसअघि विपक्षी दलहरुको बैठकले प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्