Skip
आज : २०८१ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मेक्सिको सेनाले गोली चलाएको गाडीमा ११ नेपाली रहेको पुष्टि, ३ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १९ गते


Advertisement

काठमाडौं । अबैध अमेरिका छिर्न खोज्ने आप्रवासीहरु भाग्न खोजेको भन्दै मेक्सिको सेनाले गोली चलाएको गाडीमा ११ जना नेपाली रहेको पुष्टि भएको छ।

अमेरिकास्थित नेपाली दूतावासले शनिबार त्यसबारे जानकारी गराउँदै मंगलबार भएको उक्त घटनामा कोही पनि नेपाली नमारिएको तर ३ जना घाइते भएको उल्लेख गरेको छ।

ग्वाटेमाला–मेक्सिको सीमा क्षेत्रबाट आप्रवासीहरुलाई लिएर अमेरिका जान हिँडेको गाडीलाई मेक्सिको सेनाले आफ्नो सुरक्षा पोष्ट भएको क्षेत्रमा रोक्न खोज्दा उक्त गाडी नरोकी भागेपछि गोली चलाएको थियो।

सेनाको गोली प्रहारबाट ६ जनाको मृत्यु भएको, १० घाइते भएको र मृत्यु हुनेमा नेपाली नागरिक पनि रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका थिए।

दूतावासले घाइते ३ जना नेपालीको उपचार भइरहेको र त्यहाँ पक्राउ परेका सबै नेपाली मेक्सिको अध्यागमनको हिरासतमा रहेको जानकारी दिएको छ।

दूतावास मेक्सिकोका सरकारी अधिकारीहरुसँग सम्पर्कमै रहेको उल्लेख गरेको छ ।


प्रतिकृया दिनुहोस्