आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

लक्ष्मीनारायण सहकारीद्धारा ‘सुत्केरी भेटघाट तथा नवजात शिशु स्वागत कार्यक्रम’ संचालन

प्रदिप नेपाली प्रकाशित : २०८१ भदौ, १७ गते


Advertisement

काठमाडौं, भदौ १७- लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ‘सुत्केरी भेटघाट तथा नवजात शिशु स्वागत कार्यक्रम’ संचालन गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ बाट सेवा दिँदै आएको संस्थाले आर्थिक बर्ष २०८१/८२ को साउनदेखि नै संस्थामा आवद्ध महिला सदस्यहरु केन्द्रित ‘सुत्केरी भेटघाट तथा नवजात शिशु स्वागत कार्यक्रम राखेको हो ।

महिला तथा सामाजिक उपसमितिको उक्त प्रस्तावलाई संचालक समितिले कार्यन्वयन गरेसँगै साउनदेखि ‘सुत्केरी भेटघाट तथा नवजात शिशु स्वागत कार्यक्रम संचालन भएको सहकारीका अध्यक्ष शंकर थापाले जानकारी दिए । उक्त कार्यक्रम अन्तर्गत संस्थामा सदस्य भएका सुत्केरी महिलालाई बिशेष उपहार प्रदान गरिने छ भने जन्मेका शिशुलाई संस्थाले त्यहि दिनबाट नि:शुल्क सदस्य बनाउने छ ।

यसरी बाल बचतमा जोडिएका बाल सदस्यहरुलाई संस्थाले बर्षको एक पटक कुनै रमणीय स्थानमा भ्रमणमा लैजाने पनि अध्यक्ष थापाले जानकारी दिए । यस्तै बाल बचतमा राखिएका रकममा १३ प्रतिशतसम्म ब्याज प्रदान गरिने छ ।

उनले लक्ष्मीनारायण अन्य संस्थाहरुका तुलनामा अब्बल र सुरक्षित रहेकाले कुनै शंका नगरी संस्थामा जोडिन सबैलाई आग्रह गरे । मुलपानीकै पहिलो सहकारीका रुपमा स्थापित सहकारीमा स्थानीय १ हजार ८ सय ७० भन्दा बढी सदस्य रहेका छन् भने ३० करोड रुपैयाँ बराबरको पुँजी रहेको छ ।

संस्थाले २०६४ सालमा लक्ष्मण प्रसाद लामिछानेको अध्यक्षता तदर्थ समिति बनाएर लक्ष्मीनारायण मन्दिर परिसरमा सुकुल ओछ्याएर सेवा दिन सुरु गरेको थियो । आफ्नै भवन, आफ्नै कार्यालय, आफ्नै सहकारी भन्ने उदेश्य लिएर अघि बढेको संस्थाले गत बर्षबाट आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिन सुरु गरेको छ ।

सहकारीले समुदाय विकास कोष संचालन गरेको जानकारी दिँदै अध्यक्ष थापाले सम्बृद्धिको लागि स्थानीय स्तरमा सानो भएपनि टेवा पुर्‍याउन सफल भएको बताए । ‘स्थानीय स्तरमा बचत गराउने संस्कारको विकास गरेको छ, कमाउने र लाभांश मात्र बाढ्ने गर्दैनौ, गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान, दैविक प्रकोपमा परेकालाई सहयोग, रक्तदान लगायतका कार्यक्रममा गर्छौ, जसको कारण आर्थिक सम्बृद्धिको लागि सानो भएपनि सहयोग पुगेको छ, भोलिका दिनमा अझ प्रगतिको बाटो सहकारी लम्कदै अघि बढ्छ ।’ उनले भने ।

नगरपालिकाको उत्कृष्ट सहकारी रुपमा स्थापित संस्थाले यसै बर्ष पनि सामाजिक उत्तरदाहित्व बहन गर्दै वडा कार्यालयलाई १ लाख रुपियाँ प्रदान गरेको छ । संस्थाले प्रदान गरेको उक्त रकमले वडाका मुख्य सडकमा बोट-बिरुवा रोपेर संस्थाको नाम अंकित तार जाली हाल्ने भएको छ ।


प्रतिकृया दिनुहोस्