Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चट्याङ लागेर गुल्मीमा २ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १४ गते


Advertisement

गुल्मी । बिहीबार साँझ गुल्मीमा चट्याङ लागेर २ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका ६ अम्मपुर दोबाटामा चट्याङ पर्दा स्थानीय ३५ वर्षीया राधा विक र ३० वर्षीया सीता विक घाइते भएका हुन्।

घाइते दुवैको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गाठमा चट्याङ पर्दा उनीहरु घाइते भएका हुन्। चट्याङले खोरमा बाँधेको एउटा बाख्रो मरेको प्रहरीले जनाएको छ।

बिहीबार साँझ चट्याङ लागेर सुनसरीमा पनि २ जनाको मृत्यु भएको थियो।


प्रतिकृया दिनुहोस्