Skip

Hamro Sanchar

हेलिकप्टर दुर्घटना : छानबिन गर्न ३ सदस्यीय छानबिन समिति गठन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ साउन, २३ गते


काठमाडौँ । बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।

बुधबार नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन तयार गर्न तीस दिनको कार्यादेश दिइएको छ ।

दुर्घटना छानबिन समितिको सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्