चितवन, असार २३- नारायणी नदिको पुलबाट आइतबार बिहान हाम फालेका पुरुषको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-१२ का ७३ बर्षिय नारायणबहादुर गुरुङले नदीमा हाम फालेका थिए । बिहान १०ः४० बजेको समयमा साइकलबाट झरेका उनले साइकल पुलमै छाडेर उर्लिएको नारायणीमा हाम फालेका थिए ।
उनले पुलमा साइकल, चप्पल, टोपी लगायतका सामान छाडेका थिए । हाम फालेका ब्यक्ती नारायणबहादुर नै रहेको उनका छोरा देब बहादुर गुरुङले पुष्टी गरेको प्रहरीले जनाएको छ ।