Hamro Sanchar

बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिष्पर्धा, एमालेका भण्डारी २४ मतले अघि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १७ गते


Advertisement

बझाङ, बैशाख १७- प्रदेशसभा १ (१) मा सम्पन्न उपनिर्वाचनको पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार दमनबहादुर भण्डारीले पछिल्लो समय मतान्तर बढाएका हुन् ।

भण्डारीले १० हजार १४८ मत ल्याउँदा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १० हजार १२४ मत प्राप्त गरेका छन् । तलकोट गाउँपालिका -५ को मतगणना हुँदा उनीहरूबीच २४ मतको मात्रै अन्तर रहेको छ ।

उनीहरूबीच कडा प्रतिष्पर्धा देखिएको छ । प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको छ ।


प्रतिकृया दिनुहोस्