Skip

Hamro Sanchar

त्रिशुलीमा ट्याक्सी खस्दा एक बालिकासहित ५ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० चैत्र, १७ गते


चितवन, चैत १७- ईच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिकैबाट त्रिशुलीमा ट्याक्सी खस्दा एक बालिकासहित ५ जनाको मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार काठमाडौँबाट गोरखा जान लागेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी बिहान सवा ७ बजेको समयमा सडकबाट करिब ८० मिटर तल नदिमा खसेको हो ।

ट्याक्सीमा सवार ५ जनाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा एक बालिका, २ जना पुरुष र २ जना महिला रहेका छन् । उनीहरुको पहिचान भने खुलेको छैन ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट १५ जनाको टोली र बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको खटी उद्धार कार्य भइरहेको छ ।


प्रतिकृया दिनुहोस्