
नवलपुर, कात्तिक २६- नवलपरासी (बर्दघाट पूर्व)को देवचुलीमा बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृतकमध्ये ३ जना पुरुष र ३ जना महिला छन् । बौंदीकाली गाउँपालिका ६ माझडाँडाका चालक छनबहादुर आलेको पहिचान खुलेको छ । भने अरूको सनाखत भएको छैन ।
दुर्घटनामा थप एकजना गम्भीर घाइते भएका छन् ।
नवलपुरको बौदीकाली गाउँपालिकाको माझडाँडाबाट आउदै गरेको लु १ ज ३२७० नम्बरको बोलेरो जीप जीप देवचुली नगरपालिका वडा नं ९ गोरेघुम्तीमा दुर्घटना भएको हो । दुर्घटना केही घाइते भएका छन् ।
घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

















