Skip

Hamro Sanchar

अदालतद्वारा बसपार्क नभत्काउन आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १२ गते


काठमाडौं, असाेज १२-  उच्च अदालतले फेरि पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्णयमा रोक लगाएको छ । उच्च अदालत पाटनले पूर्वअरनिको यातायातको अगुवाइमा काठमाडौंको जडिबुटीमा निर्माण भएको बसपार्क नभत्काउन आदेश दिएको हो ।

न्यायाधीश गोकर्ण डाँगीको इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।

करिब १० करोडको लागतमा निर्माण भएको बसपार्क भत्काउने तयारीमा महानगरपालिका रहेको थियो ।


प्रतिकृया दिनुहोस्