Skip

Hamro Sanchar

सचिवालय बैठक बस्दै एमाले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, २६ गते


काठमाडौं, भदौ २६– नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक आज बिहान ११ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधनमा दुःख व्यक्त गर्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार पार्टीको झण्डा झुकाउने, देशभर श्रद्धाञ्जलीका कार्यक्रमलगायतका विषयमा बैठकले निर्णय गर्नेछ ।


प्रतिकृया दिनुहोस्