Skip

Hamro Sanchar

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, १९ गते


काठमाडौं, भदौ १९- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

​मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणका अनुसार आधा घण्टा लामो भेटवार्तामा संसदमा विचाराधीन अवस्थामा रहेका विधेयक र पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको छ ।

अमेरिका र चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले आफ्नो विदेश भ्रमणका बारेमा पनि जानकारी गराउँदै सुझाव मागेका छन् ।


प्रतिकृया दिनुहोस्