
रुपन्देही, भदौ १८- नेकपा एमालेको बुटवलमा जारी लुम्बिनी प्रदेश अधिवेशनबाट दाङका लक्ष्मण आचार्य सचिवमा निर्विरोध निर्वाचित भएका छन् ।
सचिवमा मनोनयन दर्ता गराएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका आचार्य निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
आचार्य एमालेमा महासचिव शंकर पोखरेलनिकट हुन् । आर्चायको प्रस्तावक एमाले दाङका सचिव मनोहर बुढाथोकी र समर्थकमा अध्यक्ष हुकुम बस्नेत थिए ।

















