Skip

Hamro Sanchar

अभद्र व्यवहार गर्ने सात प्रहरीलाई महानगरले जागिरबाट हटायो, पाँच निलम्बित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, २६ गते


काठमाडौं, असार २६- काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ ।

सो क्रममा सातजना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ । त्यस्तै, स्थायी सेवामा रहेका पाँचजनालाई निलम्बन गरिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले बताए ।

“अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ, हाम्रो ब्रिफिङ्मा अभद्र व्यवहार नगर्न भनेका छौँ,” पाण्डेले भने ।

जनस्तरका आएका गुनासाहरुको समेत अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारबाही गर्ने गरिएको पाण्डेको भनाइ छ ।


प्रतिकृया दिनुहोस्