Skip

Hamro Sanchar

मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन हामीलाई स्वीकार्य छैन: कागेश्वरी मनोहराका मेयर कार्की

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असार, १६ गते


काठमाडौं, असार १६- मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएकोप्रति कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आपत्ति जनाएका छन्।

शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले मूलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरी जयकुमार अन्तर्राष्ट्रिय क्रिकेट मैदान राखिएकोप्रति ध्यानाकर्षण भएको जनाएका हुन्। उनले भनेका छन्, ‘यसरी मूलपानी र कागेश्वरी मनोहराको नाम मेटाउने प्रयास क्रिकेट एसोसिएसन अफ नेपाल वा कोही कसैबाट भए हामीलाई स्वीकार्य हुने छैन।’

मूलपानी क्रिकेट रंगशाला कागेश्वोरी महोहरा नगरपालिका वडानम्बर- ६ मा पर्छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार उक्त मैदानको नाम परिवर्तन गरेको थियो। मैदान क्यानका पूर्वअध्यक्ष स्व. जयकुमार नाथ साहको नाममा राख्ने निर्णय गरेको थियो ।


प्रतिकृया दिनुहोस्