Skip

Hamro Sanchar

बालकृष्ण खाँणको बयान सकियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, १ गते


काठमाडौं, जेठ १- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको बयान सकिएको छ ।

गत वैशाख २७ गते पक्राउ परेका खाँणलाइ आज बयानका लागि सरकारी वकिलको कार्यालय ल्याइएको थियो । बयान सकिएसँगै उनलाई गाडीमा राखेर जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं लगिएको छ ।

सरकारी वकिलको कार्यालय बाहिर सञ्चारकर्मीको बाक्लो उपस्थिति भए पनि खाँणलाई कुनै प्रतिक्रिया दिन दिइएको थिएन् ।

यस प्रकरणमा पक्राउ परेका खाँणसहित १२ जनालाई शनिवारदेखि लागू हुने गरी जिल्ला अदालत काठमाडौंले हिजो (आइतबार) थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।


प्रतिकृया दिनुहोस्