
काठमाडौं, बैशाख २६- अब विदेशबाट आउने नेपाली नागरिकले आफ्नो साथमा दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । मन्त्रिपरिषदको बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै आफ्नो साथमा दुई वटा मोबाइल ल्याउन पाउने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यसअघिको व्यवस्थाअनुसार आफ्नो साथमा आफूले चलाइरहेको मोबाइल मात्रै ल्याउन पाउने व्यवस्था थियो । सो व्यवस्थाका कारण त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कयौं मोबाइल खोसिने गरेका थिए । मन्त्रिपरिषद्को यो निर्णय लागू भएपछि अब आफूले चलाइरहेको मोबाइल र अर्को थप एक मोबाइल ल्याउन पाइनेछ ।

















