Skip

Hamro Sanchar

बोराभित्र हालेको अवस्थामा भेटियो महिलाको शव

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ फागुन, ८ गते


विराटनगर । मोरङको बुढीगंगा–२ अमाहिमा १ जना महिलाको शव भेटिएको छ । पहिचान नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको हो ।

स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीका बहादुर कार्कीले जानकारी दिए । अहिले घटनास्थलमा मोरङ प्रहरीका डिएसपी रञ्जन कुमार दाहालको नेतृत्वमा टोली परिचालन भएको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।


प्रतिकृया दिनुहोस्