Skip

Hamro Sanchar

कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनको लागि अन्य दलसँग छलफल गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, २८ गते


काठमाडौँ। नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनको लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुख चुनावबारे सत्ताभित्र र बाहिरका दलसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए।

उनले भने, , ‘एक्लै हाम्रो मतले जित्ने अवस्था छैन । त्यसैले संसदमा भएका सत्ता पक्ष र अरु दलहरुसँग पुगेर निर्णय गर्छौं ।’ प्रतिनिधिसभामा सभामुख चयनका लागि माघ ५ गते निर्वाचन मिति तय गरिसकिएको छ ।

यस्तै स्ववियु निर्वाचन पनि आएकाले नेविसंघ र तरुण दललगायत भ्रातृ संस्थालाई पूर्णता दिनेबारे पनि छलफल भएको उनको भनाइ छ। त्रिभुवन विश्वविद्यालयले चैत ५ गते हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।


प्रतिकृया दिनुहोस्