काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले किसानको मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।
चुनाव जितेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया राउतले भने, ‘हामी स्थानीय मुद्दा नै प्रमुख मुद्दा बनाउँछौं । किसानको समस्या हल गर्ने र शिक्षा स्वास्थ्यमा सुधार गर्ने विषय हाम्रो प्राथमिकतामा रहन्छन् ।’
राउतले सप्तरी जिल्लालाई एक वर्षभित्र पूर्ण साक्षर बनाउने, सबै जनतालाई स्वास्थ्यको पहुँचमा ल्याउने दाबी समेत गरेका छन् ।