काठमाडौं, भदौ १९- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले पदबाट राजीनामा दिन लागेका हुन् ।
चुनाव घोषणा भइसके पनि सेवा सुविधा लिने, संसद्को कार्यकाल लम्ब्याउन खोज्ने प्रवृत्तिको प्रतिकार गर्दैै राजीनामा घोषणा गर्न लागेका हुन् ।
‘चुनाव घोषणा भइसकेको सन्दर्भमा तलब भत्ता खाएर बस्नुहुँदैन भनेर मैले राजीनामा दिन लागेको हो,’ उनले भने ।
निर्वाचनपछि पनि प्रतिनिधिसभाको कार्यकाल रहनेगरी सरकाले ल्याएको विधेयकको राप्रपाले विरोध गर्दै आएको थियो ।